• बैशाख २६ २०८३, शनिबार

राष्ट्रपति भण्डारीद्वारा रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकियो

श्रावण १७ २०७८, आईतवार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोकेकी छन् ।

मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उनलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षीय पदावधि आगामी भदौ २४ गतेदेखि समाप्त हुँदैछ । उनले अनिवार्य अवकाश पाउने हुँदा साउन २५ गतेदेखि घर बिदा बस्ने भएकाले ज्येष्ठताका क्रममा रहेका शर्मालाई कायममुकायम तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।