काठमाडौं । वीर अस्पतालमा स्वास्थ्यकर्मीले गरेको प्रदर्शनका क्रममा प्रहरी र स्वास्थ्यकर्मीबीच झडप हुँदा चारजना प्रदर्शनकारी घाइते भएका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गर्दा उनीहरु घाइते भएका हुन् ।
घाइतेहरूको अवस्था गम्भीर नरहेको र इमर्जेन्सीमा उपचार भइरहेको आन्दोलन कमिटीले जनाएको छ ।
वीर अस्पतालमा कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. गौतम नियुक्त भएको लामो समयसम्म पनि कुनै परिवर्तन नभएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए ।