कर्णाली नदीमा आइतबार डुंगा दुर्घटना भएको छ । सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा दुर्घटना हुँदा एक गर्भवती महिला सहित ४ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको हो ।
शव भेटिनेमा मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी रहेको प्रहरीले जनाएको छ । त्यस्तै गर्भवती महिलासहित अन्यको अवस्था अज्ञात छ । यस्तै एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकिमा पठाईएको छ ।
स्रोतका अनुसार घटनास्थलमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन्।
नदीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाई भैरहेको छ ।