काठमाडौं। पूर्वयुवराज पारस शाहले बिनाहेलमेट मोटरसाइकल चलाएरछि प्रहरीले उनलाई सोधपुछ गर्न खोज्दा प्रहरीलाई धम्काएका छन् ।
शुक्रबार साँझ काठमाडौंको नारायण गोपाल चोकमा पारस शाहले प्रहरीलाई धम्काएका हुन् ।
पारसले हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि टाफिक प्रहरीले रोकेर सोधपुछ गर्न खोज्दा लफडा परेको प्रहरी स्रोतले जनाएको छ।
हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो। स्रोतका अनुसार अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ।