• बैशाख २६ २०८३, शनिबार

कर्णाली नदीमा खसेको जिपको पछाडिको भाग भेटियो,बेपत्ता २ जनाको अवस्था अझै अज्ञात

श्रावण १५ २०७८, शुक्रबार

कर्णाली । कर्णाली नदीमा शुक्रबार १२ बजे सडकबाट तीन सय मिटर तल खसेको जिपको पछाडिको भाग भेटिएको छ । जिपसँगै बेपत्ता भएका २ जनाको अवस्था भने अझै अज्ञात रहेको कैलाली प्रहरीले जनाएको छ ।

कैलालीको कर्णाली चिसापानी–सोल्टा सडक खण्डको बाकाबाट जीप कर्णाली नदीमा खसेको हो ।

नदीमा पानीको बहाव बढी भएका कारण पार्टपुर्जा निकाल्न समस्या भएको कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उक्त गाडीको भाग निकाल्ने खटिए पनि समर्थ भएका छैनन् ।

बेपत्ता भएका दम्पती हुन् । दम्पतीको खोजी सशस्त्र प्रहरीको गोताखोर टिम परिचालनले गरिरहेको एसपी अधिकारीले बताए । दुर्घटनामा घाइते छोरीलाई बुझ्दा उक्त गाडीमा आफ्नो घर परिवारका ३ जना भाइ बहिनी र आमा बुवा गरी ५ जना सवार भएको आफूहरू डोटी जिल्ला आदर्श गाउँपालिका काँडे साउका रहेको बताएको प्रहरीले जनाएको छ । घाइते बालिकाका अनुसार गाडी बुवा चन्द्र प्रकाश जोशी आफैंले चलाएका थिए ।

डोटीको आदर्श गाउँपालिकाका चन्द्र जोशी, रुपी जोशी, लक्ष्मी जोशी, भुवन जोशी र सावित्री जोशी सो गाडीमा सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दियो । उनीहरू सबै एकै परिवारका हुन् ।

जीपमा सवार पाँच जना मध्य तीन जना बालबालिका सडकबाट सय मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

गाडी नदीमा खस्दा चन्द्र जोशी, रुपी जोशी बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको र ३ बालबालिकाको सामान्य उपचारपछि कोहलपुर लगिएको बताइएको छ । तीन बालबालिकाको अवस्था जटिल रहेकाले तीनै जनालाई नेपालगञ्ज लगिएको छ ।