काठमाडौँ। काठमाडौंको ठमेलमा अवैध रूपमा मदिरा बनाउने एक कारखानामा प्रहरीले छापा मारेको छ । शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ज्याँठामा अवैध रुपमा चिनियाँ नागरिकले सञ्चालन गरेको मदिरा कारखानामा प्रहरीले छापा मारेको हो ।
प्रहरीका अनुसार अनुमति नलिई अवैध रूपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको हो।
ती चिनियाँ नागरिकले कारखानामा मेसिन नै राखेर रक्सी बनाउने गरेको र छापा मार्दा एक-डेढ सय ड्रम रक्सी पनि बरामद गरेको बताइएको छ ।
प्रहरीले प्रक्राउ परेका चिनियाँ नागरिकको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।