• मंसिर १२ २०८१, बुधबार

ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

श्रावण १५ २०७८, शुक्रबार

काठमाडौं । ललितपुर महानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।