ललितपुर । ललितपुर महानगरपालिकाले भोलिदेखि ४५ वर्ष माथिका व्यक्तिलाई कोरोना विरुद्वको भेरोसेल पहिलाे मात्रा लगाउने कार्यक्रम सुरु गर्ने भएको छ ।
महानगरले एक सूचना जारी गर्दै ४५ बर्ष र सो भन्दा माथिका व्यक्तिलाई लक्षित गरि खोप दिन थालेको बताएको हो ।
खोप कार्यक्रमा साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुनेछ । साथै साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन हुन गइरहेको र सोको विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने महानगरपालिकाले बताएको छ ।