• फाल्गुन २७ २०८२, बुधबार

६ जिल्लाको विवाद यथावत राख्दै देउवालाई प्रतिवेदन बुझाइयो

श्रावण १४ २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता  छानविन समितिले ६ जिल्लाको विवाद यथावत राखेर पार्टी सभापति शेर बहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

क्रियाशील सदस्यता विवाद सल्ट्याएर प्रतिवेदन बुझाउन बिहीबारसम्मको समय प्रदान गरिएकोमा
बिहीबार देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले विभिन्न ६ जिल्लाको विवाद यथावत राखेर प्रतिवेदन बुझाएका हुन् ।

सप्तरी, बारा, धनुषा, सर्लाही–२, सिन्धुपाल्चोक र रसुवाबारे विवाद कायमै रहेको नेताहरुले जनाएका छन् ।

छानविन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पार्टीमा बुझाइएको र अव विवादका विषयहरु नेताहरुकै तहबाट छलफल गरेर समाधान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

उनले ५ दिन भित्र विवाद समाधान गर्ने प्रतिवद्धता नेताहरुले जनाएको बताए । लेखकले तोकिएको समयमा नै महाधिवेशन गर्नका लागि पार्टी गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे ।