काठमाडौं । जसपाले भाद्र १ गतेदेखि पार्टी सुदृढीकरण तथा जागरण अभियान सुरु गर्ने भएको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार बसेको जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले संगठन सुदृढिकरण तथा जागरण अभियान २०७८ पारित गर्दै अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
भाद्र १ गतेदेखि सुरु हुने अभियान मंसिर मसान्तमा सकिने नेता डम्वर खतिवडाले जानकारी दिए । अभियानका क्रममा समायोजन, सुदृढिकरण, जागरण लगाएतका गतिविधी हुने उनले बताए ।