• मंसिर १२ २०८१, बुधबार

झापामा एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु

श्रावण १४ २०७८, बिहीबार

झापा ।  झापामा एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ ।