• बैशाख २६ २०८३, शनिबार

विजय शाहीको मृत्यु भएको झुटो हल्ला

श्रावण १२ २०७८, मंगलवार

काठमाडौं । सामाजिक सञ्जालमा आफूमा अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक संजालमा चर्चामा आएका विजयी शाहीको मृत्युको खबर फैलिएको छ ।

मृत्यु भएको हल्लाबारे कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृत्युको हल्ला झुटो भएको बताए ।

शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारिएको डिएसपी चक्रबहादुर शाहीले जानकारी दिए ।

प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको हो ।

सामान्य बिरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेकाे प्रहरीले जानकारी दिएकाे छ ।

सामान्य बिरामी भएर अस्पताल भर्ना भएका शाहीको निधन भएको भन्दै सामाजिक संजालमा हल्ला फैलिएको छ ।