• फाल्गुन २७ २०८२, बुधबार

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच टेलिफोन संवाद

श्रावण १२ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच मंगलबार साँझ टेलिफोन संवाद भएको छ ।

विदेशमन्त्री ब्लिंकेनले आफ्नो ट्विटर ह्यान्डलबाट त्यसबारे जानकारी दिएका हुन् ।

‘आज नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्दा खुशी मिलेको छ,’ ब्लिंकेनले लेखेका छन्, ‘हामीले कोभिड–१९ महामारीविरुद्ध हाम्रो साझा लडाईं तथा जलवायु परिवर्तनका प्रभावहरूमा सहयोगसहित अमेरिका–नेपाल साझेदारीलाई अगाडि बढाउने विषयमा कुराकानी गर्‍यौँ ।’

प्रधानमन्त्री देउवाको सचिवालयले पनि अमेरिकी विदेशमन्त्री ब्लिंकेनसँग कुराकानी भएको पुष्टि गरेको छ ।

प्रधानमन्त्री देउवाले ट्विटरमार्फत विदेशमन्त्री ब्लिंकेनसँग कुराकानी भएको जानकारी दिएका छन् । ‘हाम्रो बहुआयामिक द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान ग¥यौँ,’ देउवाले लेखेका छन्, ‘दुवै मुलुकका नागरिकहरूको हितमा सहकार्य अगाडि बढाउनका लागि साझेदारी र सहकार्यका सम्भावनाबारे छलफल भयो ।’