• बैशाख २६ २०८३, शनिबार

कोरोना भाइरसको तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको लागि तयारी गर्नु : स्वास्थ मन्त्रालय

श्रावण १२ २०७८, मंगलवार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको लागि तयारी गर्न आग्रह गरेको छ । नेपालमा कोरोना भाइरसको नयाँ नयाँ भेरियन्टहरु फेला पर्न थालेका छन् ।

नेपालले ४७ वटा विभिन्न नमुनाहरु परिक्षणका लागि भारत पठाएको थियो । परिक्षण गरिएका सबै नमुनाहरुमा डेल्टा भेरियन्ट पुष्टि भएको थियो । यस्तै नेपालमा अल्फा,डेल्टा र कप्पा भेरियन्ट पत्ता लागेको छ भने यी सबै भेरियन्ट संक्रामक रहेको बताइएको छ । यसले सबै उमेर समूहका व्यक्तिहरुलाई असर गर्ने बताइएको छ ।