• फाल्गुन २७ २०८२, बुधबार

गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने गठबन्धनको निर्णय

श्रावण ९ २०७८, शनिबार

काठमाडौं । पाँच दलीय गठबन्धनको आज बसेको बैठकले प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय लिएको छ ।

बैठकमा गठबन्धन प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवासमा आज साँझ भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

आजै माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री नेपालबीच कोटेश्वरस्थित नेता नेपालको निवासमा समसामयिक विषयमा छलफल भएको थियो ।