काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि सत्तारुढ गठबन्धनमा रहेका नेताहरुको कार्यदल बनाइएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको हो ।
कार्यदलमा माओवादी केन्द्रबाट २, जसपा उपेन्द्र यादव पक्षबाट २ र काँग्रेसबाट २ जना सदस्य तोकिएको छ । खड्का नेतृत्वको कार्यदलको सदस्यमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् ।
काँग्रेस नेता रमेश लेखकका अनुसार साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँड र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिनेछ ।