काठमाडौं । एमाले अध्यक्ष केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने निर्णय भएको हो । त्यसअनुसार धेरै जिल्लाका नदी तथा खोलाहरूमा रहेका तुइन विस्थापन पनि गरिए ।
ओली दोस्रोपटक प्रधानमन्त्री भएर पनि बाहिरिसकेका छन् । तर दुई वर्षभित्र देशभरका तुइन विस्थापन गरी झोलुंगे पुल राख्ने योजना भने केही ठाउँमा अलपत्र नै छन् । २०७२र०७३ को बजेटमा तुइन विस्थापन गर्ने कार्यक्रम नै राखिएको थियो । अहिले कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् ।
प्रधानमन्त्री बदलिए पनि दार्चुलाका जनताका दुःख हटेका छैनन् । उनीहरू तुइनबाटै महाकाली नदी तर्नुपर्ने बाध्यता छ । दार्चुलाका उत्तरी भेगका बासिन्दा तुइनबाटै महाकाली नदी पार गर्दै आएका छन् ।