काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्ने बताएका छन् ।
बुधवार नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारण सभामा अर्थ मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागत रूपमा नयाँ सङ्कल्पको खाँचो रहेको बताएका हुन् ।
अर्थमन्त्री शर्माले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगको सञ्जाल निर्माण गर्दै ठूला उद्योग स्थापना गर्नु आवश्यक रहेको पनि बताए । औद्योगिक क्षेत्रमा विशेष लगानी नगरिकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उनको भनाइ छ । देशको व्यापार घाटालाई निराकरण गर्नका लागि मुख्य आधार नै औद्योगीकरण भएको उहाँले उल्लेख गरे ।
अर्थ मन्त्री शर्माले अर्थ मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनर्स्थापनाकाे प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताए ।