• मंसिर १० २०८१, सोमबार

एमालेभित्र को–को देखिए ओलीविरोधी

श्रावण ४ २०७८, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ ।

मतदानमा २ सय ४९ जना सांसद सहभागी भएकोमा एक सांसदले तटस्थमा मतदान गरे । प्रधानमन्त्री देउवाले आइतबार बिहान मात्रै विश्वासको मतका लागि संसद सचिवालयमा पत्र दर्ता गराएर आइतबारै विश्वासको मत लिएका हुन् ।

विघठित प्रतनिधिसभा पुनस्थापित भएपछि बैठक बोलाएको पहिलो दिनमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन् ।
उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका केही सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।

देउवाको पक्षमा नेपाल र ओली दुवै समूहका केही सांसदले फ्लोर क्रस गरी मतदान गरे भने राप्रपा र नेमकिपाका एक–एक सांसदले मतदान गरेनन् । यो समाचार राजधानी दैनिकमा छ ।