• मंसिर १० २०८१, सोमबार

ओलीसितको १० बुँदेमा नेपालको जीत

असार ३० २०७८, बुधबार

काठमाडौं । एकालेका वरिष्ठ नेता माधव नेपालले केपी ओलीसित भएको १० बुँदे सहमतिमा बढी जित हासिल गरेका उनी पक्षीय सदस्यहरुको दावी छ ।

त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै अनुमोदन गरेकै छ तर, त्यसअघि हस्ताक्षर फिर्ताको भ्रम फिँजाइएपछि माधवले फेसबुकबाटै त्यसको प्रतिवाद गरे । उनको शर्त थियो, ०७५ जेठ २ मा पुग्ने ।

१० बुँदेले त्यहाँ पुर्यायो । हस्ताक्षर फिर्ता नलिने कुरा थियो, लिएनन् । जेठ २ को बैठक बस्ने भनेका थिए र त्यो बैठकले पूर्वमाओवादीलाई ल्याउने कुरा थियो ।

१० बुँदेभित्र केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य थप गर्नेमात्र भाषा छ । तर, छलफलमा आएको कुरा हो, ती १० प्रतिशतमा धेरैजसो माधव पक्षीय हुने । यो समाचार जनआस्था साप्ताहिकमा छ ।