एउटा परिवारमा खराब मनोवृति बोकेर कुनै सदस्यले घातक कर्महरु गर्छ भने उनलाई सचेत परिवारले बेलैमा आवश्यक सजाय दिन सक्नुपर्छ । अन्यथा ऊबाट झन झन ठूला दुश्कर्महरु हुनपुग्छन् । त्यसरी नै समाजमा बसेर समाज विरोधी क्रियाकलापहरु गर्ने मान्छेलाई पनि तुरुन्त कानुनी दायरामा ल्याई दण्ड जरिवाना दिनुपर्छ ।
अन्यथा उनले समाजको विभिन्न परिवार र व्यक्तिहरुलाई निरन्तर दुःख र हैरानी दिइरहन्छ । दुरुस्तै राजनैतिक पार्टी भित्रको कुनै नेता तथा कार्यकर्ताले जनता, राष्ट्र र पार्टी विरुद्ध कुनै हर्कत गर्छन् भने तीनलाई पनि तुरुन्त उचित सजाय दिन सक्नुपर्छ । अन्यथा तिनले पनि जनता, राष्ट्र र पार्टीलाई बर्वादको पथमा दोहोर्याउँछ ।
नेपालको राजनैतिक इतिहासमा खड्कप्रसाद ओली त्यस्ता व्यक्ति हुन जसले महाकाली सन्धि गरेर भारतलाई सुम्पन उनको पार्टीमा षडयन्त्र र अगुवाई गरे, राजतन्त्रको अन्त र गणतन्त्र स्थापनामा निर्णायक भूमिका खेल्ने नेकपा (माओवादी) लाई आतंकवादी र अपराधीहरुको पार्टी भनेर निरन्तर बक्दै आए तर २०७२ आश्विन र २०७४ मंसिरमा दुईपटक उही नेकपा माओवादी केन्द्रको टाउकोमा टेकेर प्रधानमन्त्री बन्न सफल भए ।
दुवै पटक द्धन्दकालीन मुद्धाहरु ब्यूँताएर कमरेड प्रचण्ड लगायत सम्पूर्ण नेतृत्वहरुलाई हेगको कठघरामा उभ्याउने र जेल हाल्नेतिरका हर्कतहरु पनि गरे । यो नेपालको राजनैतिक माहौल अत्यन्त प्रदुषित हुनाको परिमाण हो यो । जहाँ स्वच्छ छवि भएका र जनता राष्ट्रको उज्वल भविष्यको लागि चिन्तनशील र क्रियाशील व्यक्तिहरुलाई अगाडी बढ्न प्रतिकुलता मात्र हात लाग्छ तर खड्क ओली जस्ता मान्छेहरुलाई अनुकूलतामात्र मिल्यो ।
यसका पछाडीको मूल कारण नेपाली समाजको अर्थ राजनितिक, अर्थ सामाजिक र अर्थ संस्कृतिले विशिष्ट भूमिका खेलिरहेका छन् । जुन कुराहरुलाई पूर्ण भेदन गरेर मात्र खड्क ओली प्रवृतिलाई पराजित गर्न सकिन्छ ।
खड्क ओलीले आफूलाई प्रथम श्रेणीको राष्ट्रवादी भन्दै भारतले २०७२ आश्विनमा नेपालमा नाकाबन्दी गर्दा त्यसलाई सफलता पूर्वक चिरेको र चिनसँगको सम्बन्ध प्रगाढ बनाएको अनि नेपालको कालापानी क्षेत्रको चुच्चो नक्सा छापेको दावि गर्छन् । वास्तवमा २०७२ आश्विनमा नेपालको संघीय संविधान घोषणापछि आन्दोलनमा उत्रेका मधेसवादी दलहरु भारतको इसारामा तराई बन्दको अभियानमा मात्र होइन की खड्क ओली प्रधानमन्त्री बन्ने संभावना भएपछि भारतको निर्देशनमा तराईवादी पार्टीहरु ओलीको विपक्षमा नेकाको प्रधानमन्त्रीका उम्मेदवार सुशिल कोइरालालाई मत दिन पुगे ।
भारतीय नाकाबन्दीको घडीमा त्यसको विरुद्ध जो कोही जानुपथ्र्यो अन्यथा नत्र ऊ देशद्रोहीमा दरिन्थ्यो । प्रधानमन्त्री बनेका खड्क ओलीले त्यसको श्रेय आफूले लिन खोज्नु दुश्कर्म हो, किनकी नेपाली जनताको ऐक्यवद्धता र नेपालप्रति उत्तरी छिमेकी देश चीनको सद्भाव र आत्मीयता त्यसको प्रमुख कारणहरु हुन् नाकाबन्दी चिर्न । एक देशभक्त नेता र व्यक्तित्व त निरपेक्षरुपमा त्यो पथमा लागिरहन्छ, जस्तोसुकै घडीमा पनि ।
खड्क ओलीको पछिल्लो नक्कली देशभक्तिको मुकुण्डो कसरी पनि उत्रन्छ भने नेपाली जनतालाई चीनले गएको माघमा ३ लाख र फागुनमा महिनामा ५ लाख जम्मा, ८ लाख र कोरोना विरुद्धको खोप निशुल्क उपलब्ध गराउन तयार भयो । तर चैत्र ८ गतेसम्म पनि उक्त खोप ल्याउन ओली सरकार तयार भएको छैन, जबकी भारतले दिएको ६ लाख खोप चाहीँ तुरुन्त ल्यायो । यही हो नेपाली जनताप्रतिको इमान्दारीता र देशभक्ति ?
स्मरणहोस् २०७६ कात्तिक महिनाको दोश्रो हप्ता भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको ३७२ वर्ग किमि भूभाग आफ्नो देशको नक्सामा छापेपछि नेपाली जनताले त्यसको विरुद्ध देशव्यापी विरोध गरे र सिमाविद बुद्धिनारायण श्रेष्ठ लगायत वौद्धिक, लेखक, पत्रकारहरुले ऐतिहासिक र व्यवहारीक तथ्यहरु प्रमाणहरु अगाडी सारेर भारतलाई नाङ्गेझार पारेका हुन् ।
तर त्यहीबेला मंसीरको तेस्रो हप्ता अयोध्याबाट रामजानकी विवाहको जन्ती टोलीको नेतृत्व गर्दै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथ नेपालको जनकपुर आउँदा उनको वरियात टोलीलाई स्वागत गर्न खड्क ओलीको निर्देशनमा राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी थिइन् । यो दृष्य नेपालको देशभक्तहरुका लागि चरम शरमको बात थियो ।
यो खड्क ओलीको नक्कली राष्ट्रवादको परिमाण थियो । योगी अदित्यनाथ त्यही व्यक्ति हुन् जसले भारतको संसदमा नेपालको स्वतन्त्रता र सर्वभौमिकता विरुद्ध अभिमत दिएका थिए र उनी योगी र ब्रम्हचारीको नाममा कैयौँ महिलाहरुको अस्तित्व लुट्ने बलात्कारी पनि हुन् । जहाँसम्म चुच्चे नक्सा छापेको कुरा छ त्यो त आफ्नै पार्टी, प्रतिपक्षी, नागरिक समाज, देशभक्त वौद्धिक, लेखक, पत्रकारहरु सबैको चौतर्फी दबावहरुले मात्र बाध्य भएर छापेको हो । जुन नक्सा विद्यार्थीको पाठ्यपुस्तकमा छाप्न चाहीँ खड्क ओलीले नै रोकेको हो, त्यो पनि कसैको इसारामा ।
व्यक्तिको व्यवहार भनेको उसको सिद्धान्त अनुरुप हुन्छ । राम्रो सिद्धान्तको रटान गर्ने तर कुरुप व्यवहार प्रर्दशन हुन्छ भने ती फोस्रा र ढोंगी हुन् । जस्तो की राजतन्त्रात्मक पञ्चायती शाषकहरु शोषणरहित समाज र वर्गविहीन समाजमा पुर्याउने भाषण गर्थे तर त्यही बेला राजपरिवारले मुलुकको महत्वपूर्ण जग्गा जमिनहरु हजारौँ विघा आफ्नो नाममा ल्याउँथ्यो । पञ्चेमन्त्रीहरु र सत्ताका दलालहरुले देश र जनतालाई राणाहरुले झैँ लुटपाट गरे ।
वर्तमान नेपालको प्रधानमन्त्री खड्क ओली चाहीँ सुसाशन, भ्रष्टाचार विरुद्ध शून्य सहनसिलता र राष्ट्रको समृद्धि र विकासको वकालत गर्छन् तर व्यवहारमा चाहीँ सात दशकसम्म नेपाली जनताले लडेर प्राप्त गरेको गणतन्त्रात्मक नेपालको संघीय संविधान नष्ट गर्न मनेमानी संसद विघटन गरी मध्यअवधि निर्वाचनमा जाने घोषणा गर्छ ।
भ्रष्टाचारी मन्त्रीहरुको संरक्षण गर्छ र कुनैबेला साधारण आर्थिक अवस्थाका यी ओली आज आफैपनि दशौं करोडको सम्पतिले मोटाएका छन् । नेपाली मजदुर किसानहरुको ठोस आर्थिक भौतिक कुराहरुको विकासमा निर्णायक भूमिका खेल्ने भूमी र अरु उत्पादनका साधनहरुमा ठोस नीतिहरु ल्याएनन् बरु जमिन्दार, दलाल पुँजीपति र तस्करहरुको संरक्षण गर्नु त्यसका प्रमाणहरु हुन् ।