• मंसिर १० २०८१, सोमबार

सर्वोच्चको आदेशपछि वाणिज्य बैंकले लिन लागेको परक्षा रद्ध

असार २४ २०७८, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।

असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द गर्ने निर्णय गरेको आज गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको व्यहोराको आदेश २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको थियो । त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल काठमाडौंका अध्यक्ष हेमराज सुवेदीसमेतले सर्वोच्चमा यसबारे रिट निवेदन दिएका थिए ।