• बैशाख २१ २०८३, सोमबार

काठमाडौँमा आठ वर्षीया बालिका बलात्कृत , रिक्सा चालक पक्राउ

असार १३ २०७८, आईतवार

काठमाडौँ। काठमाडौंको न्यूरोडमा ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २३ जुद्धशालिक धर्मपथ बस्ने ३५ वर्षीय सूर्य तामाङलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

तामाङले धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

उनी मादक पदार्थ सेवन गर्ने खालका व्यक्ति हुन्। यसअघि पनि उनी केही पटक अभद्र व्यवहारको मुद्दामा पक्राउ परिसकेका छन् ।

धादिङ धुनिवेशी नगरपालिका वडा नम्बर १ का उनी न्यूरोड क्षेत्रमा रिक्सा चलाउँछन् । जनसेवा प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाएको छ। ती बालिकाको मेडिकल चेकजाँच भइसकेको र अवस्था अहिले सामान्य रहेको बताइएको छ ।