काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । ९ असारबाट नियमीत भइरहेको बहसमा अहिले सविता भण्डारीले बहस गरिरहेकी छन् ।
इजलासले रिटमा बहस गर्ने कानुन व्यवसायीको सूची लामो देखेपछि दुवै पक्षलाई समय तोकेरै बहस गर्न दिएको थियो । इजलासले तोकेको समयानुसार अब रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालगायत १४६ सांसदको रिटमा अब रिट निवेदकतर्फबाट जम्मा दुई घण्टा ३५ मिनेट बहस गर्ने समय बाँकी छ ।
त्यसपछि सरकारका तर्फबाट बहस हुनेछ ।