• बैशाख २१ २०८३, सोमबार

सर्लाहीमा वडाध्यक्षको हत्या, दुईजना पक्राउ

असार १२ २०७८, शनिबार

सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ । ईश्वरपुर नगरपालिका ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रवार राति हत्या भएको हो ।

शुक्रबार राति पोखरी सौन्दर्यकरणको निरीक्षणमा पुगेको बेला जेसीबीले किचेर वडाध्यक्ष श्रेष्ठको हत्या भएको सर्लाहीका प्रहरी उपरीक्षक  संतोष सिंह राठौरले जानकारी दिए । उनका अनुसार जेसिबको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको देखिएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका ३ का ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका १ का ३८ वर्षीय रविन भनिने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार विहान लालबन्दीबाट पक्राउ गरिएको छ । हत्या आरोपमा पक्राउ दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएको छ । मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।