• मंसिर १० २०८१, सोमबार

कोरोना संक्रमणका कारण पूर्वराज्यमन्त्री विष्टको निधन

असार ६ २०७८, आईतवार

काठमाडौं । नेपाली काँग्रेस नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । विष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो ।

कोरोना पुष्टि भएपछि विष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो ।

नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका विष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।