काठमाडौँ। वरिष्ठ गायक दीप श्रेष्ठलाई संगीतकार संघ नेपालले २ लाख नगद सहयोग गर्ने भएको छ। कोरोना संक्रमित भएर लामो समय अस्पतालमा उपचार गराएर निको भई केहीदिन पहिले घर फर्किएका श्रेष्ठलाई संघले सो सहयोगका लागी निर्णय समेत गरेको छ।
संगीतकार संघ नेपालका अध्यक्ष पारस मुकारुङले उनको नाममा काटिएको चेक साहित सामाजिक संजालमा एक पोष्ट गर्दै संघले श्रेष्ठलाई सहयोग गर्ने कुराको जानकारी दिएका छन्। संघले संगीतकर्मी कल्याणकारी कोषबाट सो रकम श्रेष्ठलाई सहयोग गर्ने निर्णय गरेको मुकारुङले बताएका छन्।
उनले भनेका छन, ‘नेपाली सङ्गीतका एक हस्ति वरिष्ठ गायक तथा सङीतकार दीप श्रेष्ठ ज्यु कोभिड-१९ लाई जितेर हस्पिटल देखि डिस्चार्ज हुनुभएको छ । उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संगीतकर्मी कल्याणकारी कोषबाट संगीतकार संघ नेपालले आर्थिक सहयोग गर्ने निर्ण्य गरेको छ । सम्पुर्ण संगीतकारहरुका तर्फबाट दाइलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । धन्यवाद, संगीतकार संघनेपाल’
वरिष्ठ गायक दीप श्रेष्ठ पछिल्लो समय गायन रियालिटी सो द भ्वाईस अफ नेपालका कोचको रुपमा रहेका छन्। भ्वाईसमा उनलाई सबैले माहागुरु भन्ने गर्छन।