• मंसिर १० २०८१, सोमबार

जसपा विवाद उत्कर्षमा : दुवै पक्षले स्पष्टीकरण सोध्ने होड

जेष्ठ १६ २०७८, आईतवार

विभाजित जसपाको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् । यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको बुझ्न सकिन्छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो ।

यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले स्पष्टीकरणको जवाफ नदिने भएका छन् । जसपा सत्ता समिकरणका कारण विभाजित भएको हो ।

अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओली सरकरको बचाउमा लागेको छ भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष ओली सरकारलाई विस्थापित गर्ने लाइनमा रहेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।