• मंसिर ११ २०८१, मंगलवार

विवेकशीलका पूर्वअध्यक्षले गरे प्रसाईंको सहयोग नलिने घोषणा

जेष्ठ १५ २०७८, शनिबार

काठमाडौं ।  विवेकशील नेपाली पार्टीका पूर्वअध्यक्ष उज्वल थापाले बि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले दिने सहयोग आफूले नलिने भएका छन् । थापा कोरोना संक्रमित भई दुई हप्तादेखि उपचारमा रहेका छन् ।

थापाको उपचार अहिले मेडिसिटी अस्पतालमा भइरहेको छ । उपचारमा रकम अपुग भएकोले सर्वसाधारणसँग उनले सहयोगको अपिल गरेका थिए । शनिबार बिहान निर्देशक प्रसाईंले एक सार्वजनिक वक्तव्य जारी गर्दै थापाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताएका थिए ।

तर गोफन्डमी बाट २६,५०,००० नेपाली रुपैयाँ जति सहयोग रकम थापाको उपचारको लागि जम्मा भइसकेको उल्लेख गर्दै उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट दुर्गा प्रसाईंको सहयोग आवश्यक नपर्ने भनी एक सार्वजनिक वक्तव्य जारी गरिएको छ । साथै थापाको परिवार र शुभेच्छुकहरूको तर्फबाट प्रसाईंको सदभावको लागि धन्यवाद दिइएको छ ।