काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज ११ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
बजेट भाषण अघि मन्त्रिपरिषद बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्नेछन् ।
प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । आजको मन्त्रिपरिषद बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।