• बैशाख २० २०८३, आईतवार

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न क्रान्तिकारीको माग

जेष्ठ १४ २०७८, शुक्रबार

काठमाडौं । गए राती भेरी अस्पतालमा डाक्टर तथा नर्सहरुमाथि भएको सांघातिक हमलाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले आज एक विज्ञप्ति जारी गर्दै नेपालगन्ज स्थित भेरी अस्पतालमा भएको सो घटनाको घोर विरोध एंव निन्दा गरेको जनाएको छ ।

कोभिड -१९ संक्रमणको दोस्रो लहरमा जिउ ज्यानको पर्वाह नगरी अहोरात्र विरामीहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुमाथि भएको सो घटनाको सत्यतथ्य छानबिन गरेर दोषीहरुलाई हदैसम्मको कारवाही गर्न माग समेत गरिएको छ ।

विज्ञप्ति :