• मंसिर १४ २०८१, शुक्रबार

चुनावका लागि सबै दल सरकारमा सामेल हुन प्रधानमन्त्रीको आव्हान

जेष्ठ १४ २०७८, शुक्रबार

काठमाडौँ /

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि सबै दलहरुलाई सरकारमा सामेल हुन आव्हान गरेका छन्। शुक्रबार देशवासीका नाममा एक सार्वजनिक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो आव्हान गरेका हुन्। ताजा जनादेशमा जानु प्रतिगमन नहुने उल्लेख गर्दै सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले संसद ५ वर्ष चल्नु मात्रै स्थायित्व नभएर आफ्नो कार्यकालको अवधीमा संविधानको पूर्ण कार्यान्वयन भएर संघियताको सुदृढीकरण भएको बताउदै उनले यै बीचमा ५० भन्दा बढी ऐन बनेको बताएका छन्।

आफ्नै कार्यकालमा देश अल्पविकशित राष्ट्रबाट विकासशील राष्ट्रमा फडको मारेको, देशभित्रै रोजगारीका अवसर बढेर श्रमशक्ति बाहिरिने क्रम घटेको मात्रै नभएर आफ्नै कार्यकालमा नेपालीको २५ प्रतिशत आयवृद्धि भएको पनि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए। ९२ प्रतिशत मानिसहरुलाई आधारभूत खानेपानीको सुबिधा उपलब्ध गराएको, धरहरा, रानीपोखरी, दरबारस्कुल लगायतका संरचना आफ्नै समयमा निर्माण सम्पन्न भएको बताउदै उनले ३ वर्षमा १३ हजार जनता आवास अन्तर्गतका घरहरु बनेको बताए।