काठमाडौँ /
राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पताल नेपालगंजमा चिकित्सक र नर्स कुटिएकोमा खेद व्यक्त गरेकी छिन। शुक्रबार दिउसो सामाजिक संजाल ट्विटरम आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सो घटनाप्रति खेद व्यक्त गरेकी हुन्।
‘आफ्नो परिवार र जीवन जोखिममा राखेर कोभिड-१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रती दुर्व्यवहार हुनु खेद जनक छ।’ भण्डारीले आफ्नो ट्विट गरेकी छिन। विषम परस्थितिमा संयम र धर्य अपनाउदै यो महामारीलाई परास्त गर्नु हामी सबैको दायित्व भएको राष्ट्रपतिको भनाई छ।

गृह मन्त्रालयका अनुसार भेरी अस्पतालमा भएको घटनाका सम्बन्धमा सत्य तथ्य छानविन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन भई छानविनको कार्य प्रारम्भ भई सकेको छ।
नेपालगंजको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने घटनामा संलग्न भएको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडा उरहरीका लोकराज रावत, भरत रावत र मान बहादुर रावतलाई प्रकाउ गरिको प्रहरी कार्यालय बाँकेले बताएको छ। पक्राउ परेकामध्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।
बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडा उरहरीका कोरोना संक्रमित ५४ वर्षीय व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो ।