काठमाडौँ /
गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने, अस्पतालमा तोडफोड गर्नेलाई कानुनी कारवाही हुने बताएको छ। नेपालगंजको भेरी अस्पतालमा गएराति बिरामीका आफन्तबाट स्वास्थ्यकर्मी (चिकित्सक र नर्स) हरुलाई आक्रमण भएपछी आफ्नो ध्यानाकर्षण भएको भन्दै शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने र अस्पतालमा तोडफोड गर्ने जोकोहीलाई कारवाही गर्ने कुरामा गृह मन्त्रालय दृढ रहेको बताएको हो।
गृह मन्त्रालयका प्रवक्ता सह-सचिव जनकराज दाहालद्वारा प्रेषित विज्ञप्तिका अनुसार भेरी अस्पतालमा भएको घटनाका सम्बन्धमा सत्य तथ्य छानविन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमूख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन भई छानविनको कार्य प्रारम्भ भई सकेको छ।
नेपालगंजको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने घटनामा संलग्न भएको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडा उरहरीका लोकराज रावत,भरत रावत र मान बहादुर रावतलाई प्रकाउ गरिको प्रहरी कार्यालय बाँकेले बताएको छ। पक्राउ परेकामध्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।
बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो ।
हेरौं गृह मन्त्रालयको विज्ञप्ति ⇓