• बैशाख २० २०८३, आईतवार

भेरी अस्पताल अपडेट : चिकित्सकमाथि आक्रमण गरेको आरोपमा तीनजना पक्राउ

जेष्ठ १४ २०७८, शुक्रबार

काठमाडौँ/

बिहीबार साँझ भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा बाँके प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

घटनामा संलग्न भएको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडा उरहरीका लोकराज रावत,भरत रावत र मान बहादुर रावतलाई प्रकाउ गरिको प्रहरी कार्यालय बाँकेले बताएको छ। पक्राउ परेकामध्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।

बिहीबार कोरोना संक्रमित ५४ वर्षीय ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरुमाथि सांघातिक हमला गरेका थिए । कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहरुले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।

आज बिहानैदेखि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् । उनीहरूले सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।