• बैशाख २० २०८३, आईतवार

धरानको प्रहरी चौकीमा हतियारसहित आएका समुहद्वारा आक्रमण

जेष्ठ १३ २०७८, बिहीबार

सुनसरी । सुनसरीको धरानको अस्थायी प्रहरी चौकीमा बिहीबार साँझ हतियारसहित आएका स्थानीय युवाको दुई  समूहले आक्रमण गरेको छ ।

तरबार, खुकुरी, भालासहित आएको ७-८ जनाको समूहले धरान १५ मा रहेको अस्थायी चौकीका प्रमुख असई सुमन दाहालमाथि आक्रमण गरेको हो ।

घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटना भएको बेला अस्थायी प्रहरी चौकीमा ४ जना प्रहरी मात्रै रहेको बताइएको छ ।