• बैशाख २० २०८३, आईतवार

चार वर्षीया बालिका बलात्कार गरेको अभियोगमा ५३ वर्षीय गन्धर्व पक्राउ

जेष्ठ १३ २०७८, बिहीबार

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको परिवारको आरोप छ ।

बालिकाका आमाबुबा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले करणी गरेको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिएका छन् ।

प्रवक्ता थापाका अनुसार बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको छ भने करणीको अभियोग लागेका गन्धर्वलाई जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको छ ।