काठमाडौं । कोरोना महामारी रोकथामका लागि मित्रराष्ट्र चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा उत्तरी छिमेकी चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख मात्रा खोप उपलव्ध गराउने भएको हो ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि बीच आज भएको फोन संवादमा सिले नेपाललाई उक्त परिमाणको खोप उपलव्ध गराउने जानकारी गराएकी हुन् ।
यसअघि चीनले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोपको ८ लाख मात्रा अनुदानमा उपलव्ध गराएको थियो ।
साथै, चीनबाट उपलब्ध गराइएको ८ लाख डोज कोरोना खोपका लागि राष्ट्रपति भण्डारीले राष्ट्रपति सीलाई विशेष धन्यवाद दिएकी छिन् ।