काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् ।
कोभिसिल्ड खोप अभावका कारण नेपालमा खोप अभियान प्रभावित भएको जनाउँदै राष्ट्रपति भण्डारीले पत्राचार गर्दै खोप आपूर्तिका लागि पहल गर्न आग्रह गरेकी हुन् ।
सिरम इष्टिच्युटले वर्ष २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने भनेपछि राष्ट्रपतिले कुटनीतिक पहल गरेकी हुन् ।
भारतले यसअघि १० लाख डोज खोप सहयोग गरेको थियो भने सरकारले २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेअनुरुपको पहिलो चरणमा १० लाख डोज खोप ल्याइसकेको छ ।