• बैशाख २० २०८३, आईतवार

दुई दिन भित्र एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्नु : काठमाडौं  उपत्यकाका सिडिओहरु

जेष्ठ ११ २०७८, मंगलवार

काठमाडौं । काठमाडौं  उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्र एक साताका लागि धान्ने खाद्यान्न सामग्री किनेर राख्न अनुरोध गरेको छ ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)बीच बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णयसँगै उपत्यकाभित्र रहेकाहरुलाई एक साताका लागि धान्ने खाद्यान्न सामग्री किन्न आग्रह गरेको हो ।

दैनिक किराना पसल तथा डिपार्टमेन्टमा मानिसहरूको भीडले कोरोना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारी अपनाइएको छ ।

एक साताका लागि बढाइएको निषेधाज्ञामा अबको दुई दिनपछि किराना पसल तथा डिपार्टमेन्टल स्टोर खोल्न नपाइने निर्णय गरिएको छ । तर, सागसब्जी, माछामासु, दूधलगायत पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ ।

तर, बेलुकी भने तरकारी पसल पनि खोल्न नपाइने निर्णय भएको छ । प्रशासनले अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएपछि उक्त दुई दिनका लागि समय दिएको छ । खाद्यान्नअन्तर्गत दाल, चामल, चिनी किन्न लाई दुई दिनको समय छुट्याइएको छ ।