• मंसिर ११ २०८१, मंगलवार

उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा: किराना पसल पनि खोल्न नपाइने

जेष्ठ ११ २०७८, मंगलवार

काठमाडौँ/

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप एकहप्ता थपिएको छ। कोरोना भाइरसको संक्रमण दर नघटेको भन्दै निषेधाज्ञा थपिएको हो। उपत्यकाका तीनजिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमूख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले आगामी जेठ २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल,  दुध, मासु र ग्याँसको पसल मात्र खोल्न पाइने छ। किराना पसल,  डिपार्टमेन्टल स्टोर भने यो थपिएको निषेधाज्ञामा खोल्न नपाइने निर्णय भएको भक्तपुरका प्रमूख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए। उपत्यकामा गत बैशाख १६ गतेबाट जारी गरिएको निषेधाज्ञा जेठ १३ मा सकिदै थियो। मंगलबार काठमाडौँका प्रमूख जिल्ला अधिकारी  कालीप्रसाद पराजुली, ललितपुरका प्रमूख जिल्ला अधिकारी डुण्डि प्रसाद निरौला र भक्तपुरका प्रमूख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई सहभागी बैठकाले यो निर्णय गरेको हो।