काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राडा जागेश्वर गौतमलाई प्रवक्ताबाट हटाएको छ ।
सोमबार बसेको मन्त्री परिषदको बैठकले गौतमलाई प्रवक्ताबाट हटाउने निणर्य गरेको हो ।
यसअघि गौतम स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए । गौतमलाई युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाइएको बताइएको छ ।
गौतमको ठाउँमा मन्त्रालयको नयाँ प्रवक्ता भने तोकिएको छैन ।