• मंसिर ११ २०८१, मंगलवार

सर्लाही, महोत्तरी र धनुषामा तेस्रो पटक थपियो निषेधाज्ञा

जेष्ठ १० २०७८, सोमबार

जनकपुरधाम/

२ नम्बर प्रदेशका तीन जिल्लामा निषेधाज्ञाको समय थपिएको छ। कोरोना संक्रमण बढ्दै जाँदा सर्लाही महोत्तरी र धनुषामा तेस्रो पटक निषेधाज्ञा थप्ने निर्णय भएको हो।

महोत्तरीमा जेठ १० सम्म तोकिएको निषेधाज्ञालाई थप १० दिन बढाएर जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए। सर्लाहीमा पनि एकहप्ता निषेधाज्ञाको समय बढाइएको छ। प्रमुख  जिल्ला अधिकारी हेमराज तामाङका अनुसार जेठ १० गतेसम्म निर्धारण गरिएको निषेधाज्ञाको समय बढाएर जेठ १७ गतेसम्म पुर्याइएको छ।

त्यस्तै धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा जारी गरिएकोमा एक हप्ताको लागि निषेधाज्ञा थप गरिको छ। त्यहाँ अब जेठ १७ गतेसम्म निषेधाज्ञा कायम रहने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए।