काठमाडौं । सत्ता राजनीतिका कारण २ भागमा बाँडिएको जसपा नेपालको उपेन्द्र–बाबुराम पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा बस्ने जनाइएको छ । पार्टी भित्रको अन्तरद्वन्द्व र संसद विघटनपछि तोकिएको मध्यावधि चुनावका विषयमा छलफल हुने बताइएको छ । जसपा दुई धारमा विभाजित भएको छ ।
उपेन्द्र–बाबुराम पक्ष र महन्थ–राजेन्द्र पक्षबीच मतभेद रहँदै आएको छ । महन्थ ठाकुर र राजेन्द्र महतोले प्रम केपी ओलीलाई समर्थन गर्दै आएका छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई भने कांग्रेस र माओवादीको गठबनधनमा रहेका छन् ।