• मंसिर १० २०८१, सोमबार

कोरोनाले लियो न्यायाधीश श्रेष्ठको ज्यान

बैशाख ३० २०७८, बिहीबार

काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेवलाल श्रेष्ठको निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो ।

ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा राय यादवको पनि बुधबार नै निधन भएको छ ।