काठमाडौँ /
प्रमुख प्रतिपक्षी दल नेपाले काँग्रेस संसदीय दलको बैठक बस्दै छ। बैशाख २७ गते संसद्को बिशेष अधिवेशनमा पार्टीको तयारी लगायत बिषयमा छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बोलाइएको हो।
आज शनिबार दिउसो दुईबजे संघीय संसद् भवन बानेश्वरको ल्होत्से हलमा सो बैठक बस्ने भएको छ। प्रतिनिधीसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णय अनुसार छलफल तथा सांसदलाई निर्देशन गर्ने लगायतका बिषयको कार्यसूची रहेको काँग्रेस संसदीय दलले बताएको छ।
काँग्रेसका पदाधिकारी र पुर्व पदाधिकारीको मंगलबार बसेको बैठकले केपी शर्मा ओलीले लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो।
प्रतिनिधी सभाको बैशाख २७ गते बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्।