• मंसिर १४ २०८१, शुक्रबार

देउवासँगको भेटपछि माधव नेपाल लागे शीतल निवासतिर

बैशाख २३ २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास लागेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवासतिर लागेको स्रोतले जनाएको छ ।

बिहीबार साँझ नेपालले आफू निकट केही नेतासहित देउवा निवासमा पुगेर छलफल गरेका हुन् । उनीहरुबीच करिब एक घण्टा बढी छलफल भएको थियो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको हो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता भएपछि बिहीबार नेपाल पक्षले देउवासँग भेटवार्ता गरेको हो ।