बुटवल । लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा परेको एमालेका नेता शंकर पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ती गरेकोे सरोकारवालाहरुले आरोप लगाएका छन । प्रदेश प्रमुखले अंसवैधानिक र अलोकतान्त्रीक कदम चालेर पोखरेललाई नियुक्ती र सपथ गराएको उनीहरुले बताएका छन ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति गोबिन्द खनालले प्रदेश प्रमुखले अंसबैधानिक र अलोकतान्त्रीक कदम चालेर अल्पमतमा परेका शंकर पोखेरलाई मुख्यमन्त्रीमा नियुक्ती र सपथ गराएर लुम्बिनी प्रदेशमा ताण्डब मच्चाएको आरोप लगाए । अल्पमतमा परेका मुख्यमन्त्रीले सत्ता टिकाउनको लागि जम्बो मन्त्रीपरिषद गठन गरेकोमा उनले आक्रोश पोखे । मुख्यमन्त्री पोखरेललाई जनतालाई कोरोबाट बचाउन भन्दा पनि सत्ता टिकाउन जोड दिएको आरोप लगाउँदै जम्बो मन्त्रीपरिषद गठन गरेर अनावश्यक खर्च बढाएको टिप्पणी गरे ।