• बैशाख १९ २०८३, शनिबार

कोरोनाबाट निको हुनेको संख्या बढ्दै

बैशाख २१ २०७८, मंगलवार

काठमाडौँ /

कपिलवस्तु बाणगंगा नगरपालिकाका ७८ वर्षीय वृद्ध कोरोना जितेर आज घर फर्किए। यो संगै जिल्लामा कोरोना जितेर घर जानेको संख्या ९८ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताए। यसरी कपिलवस्तुमा कोरोना जितेर निको हुनेको डर बढ्न थालेको छ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.समिर कुमार अधिकारीका अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर ८३.३ प्रतिशत रहेको छ। आजसम्म नेपालमा जम्मा ३,४३,४१८ जनालाई कोरोना संक्रमण भएको भएपनि मन्त्रालयका अनुसार २,८६,०१५ जना संक्रमित निको भएको तथ्याङ्ग रहेको छ।

हालसम्म नेपालमा कोरोनाबाट ३,३६२ जना संक्रमितको मृत्यु भएको वर्डोमिटरले जनाएको छ।

नेपालमा आजसमा २५,२१,१६४ जनाको पिसिआर परिक्षण गरिको छ भने हाल आइसोलेशनमा जम्मा ५४,०४१ जना रहेका छन्। २,१२ जना क्वारेण्टाइनमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा प्रति दशलाखमा ८६,५२८ जनाको पिसिआर परिक्षण सम्पन्न भएको छ। संक्रमित मध्ये ६३.३८ प्रतिशत पुरुष र महिला ३६.६२ प्रतिशत रहेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्गको तस्बिर
स्वास्थ्य मन्त्रालयको तथ्याङ्गको तस्बिर