काठमाडौँ /
कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलको ह्वीप विपरीत फ्लोर क्रस गरेर महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई विस्वासको मत दिएर माओवादी केन्द्रको नेतृत्वमा भएको प्रदेश सरकार जोगाएका एमाले माधव-झलनाथ खेमाका नेता तथा कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आफूबारे उठेका सवालहरुवारे भन्दै तीनपेज लामो एक सार्वजनिक अपिल जारी गरेका छन।
गत प्रदेश सभा चुनावमा प्रदेश सभा सल्यान ‘ख’ बाट निर्वाचित ज्वालाले अरु प्रदेश सभाका माननीयहरु अमर बहादुर थापा,नन्दसिंह बुढा र कुर्मराज शाहीको नेतृत्व गर्दै माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई विस्वासको मत दिए लगत्तै एमालेको कारवाहीमा परि पदमुक्त भएका थिए। माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकार जोगाउनेमा महत्वपुर्ण भूमिका खेलेका ज्वालाले सार्वजनिक गरेको आफ्नो अपिलमा कर्णालीमा एमाले पार्टीलाई एकतावद्ध बनाउन आफूले हरसम्भव प्रयास गरेपनि पार्टी कब्जा गरेका केही सत्ता भोगीहरुले गुटगत राजनीति गरेको आरोप लगाएका छन्।
कम्युनिष्ट राजनीतिमा लागेर आफूले पंचायत कालमा मुद्दा भोग्दा, जेलनेल खाँदा मात्रै होइन बहुदल कालमा आफूमाथि काँग्रेसको सांघातिक हमला हुदा पनि आफू विचलित नभएको मात्रै होइन जनयुद्ध कालमा माओवादीले आफूलाई कारवाही गर्ने निर्णय गर्दा समेत जनताको साथमा रहेर एमाले पार्टी र संगठन बचाएको अपिलमा उनले बताएका छन्। उनले जारी गरेको अपिलमा विगतका संकटहरुमा आफूले नेतृत्व गरेर राजनीतिक र सांगठनिक रुपमा पार्टी बचाएको भन्दै त्यतिवेला अरुको अवस्था के थियो ?भनेर समेत प्रश्न गरेका छन्। आम जनता र सल्यानी जनता साथै आफ्ना मतदाताको नाममा गरिएको उनको अपिल यस्तो छ।
हेरौं उनको अपिल जस्ताको तस्तै
अपिल तस्बिरहरु- खड्ग आचार्य